हाम्रो सेवाहरु
१) ताजा तरकारी, फलफूल, माछा, मासु, विउ-विजन, मलखाद र आधुनिक कृषि यन्त्रहरु बेचबिखन गर्ने।
२) किसानले उत्पादन गरेका चिजहरु जस्तै धान, गहुँ, मकै, आलु, प्याज, लसुन, तरकारी, फलफूल आदि उचित मुल्यमा खरिद गरी अन्यत्र निर्यात गर्ने।
३) किसानलाई सबै ठाउँको बजारभाउ दैनिक रुपमा उपलब्ध गराउने।
४) समूहमा आधुनिक कृषि तालिमको व्यवस्था कम्पनीले गर्ने।
५) बेरोजगारलाई रोजगारको सिर्जना गर्ने / गराउने।
६) कृषि क्षेत्रमा लगानी चाहिएमा कम्पनीले बैंकको सहकार्यमा सहुलियत ब्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने।
७) किसानले उत्पादन गरेको सामान लिन प्रत्येक दिन १ वटा गाडी पसल पसल आई बजार पुर्याउने।
८) किसानलाई आवश्यक परेको वस्तुपालन, कुखुरा पालन, तरकारी खेती, सबै प्रकारको तालिम उपलब्ध गराउने।