आजको दिनमा संसार नागरिकको मोबाइलमा अटेको छ. एक क्लिकका भरमा हरेक तथ्यसँग अपडेट हुने नागरिक र समाचारबीच कुनै दुरी छैन. समयको परिवर्तनसँगै हामीपनि नागरिकले रोजेको र खोजेको प्रविधिलाई आत्मसाथ गर्दै अनलाइन, टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रमसँगै मोबाइल एप्लिकेसनमार्फत पनि तपाईंसमक्ष आएका छौं.
संख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका, अनलाइन, रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रमहरु नेपालमा प्रशस्त छन्. तर हामी केहि फरक गर्ने सोचका साथ नेपाली बजारमा आएका हौँ. समाचारको गहिराइमा पुगेर समाचारको भित्री तथ्य खोज्ने हाम्रो प्रयास अविराम जारी छ.