सुशासन व्यवस्थित गर्ने सम्वन्धमा यो मोवाईल एपको निर्माण, तमानखोला गाउपालिकाको प्रयास हो. जनतालाई शुसुचित गर्ने तथा जनगुनासाहरुलाई क्रमशः न्यूनिकरण गर्दै स्थानिय सरकारप्रतिको जनआस्था क्रमशः अभिबृद्धी गर्दै लैजने उदेश्यले यो पहल सुरु गरिएको छ. स्थानिय सरकार प्रति पूर्ण विश्वासको वातावरण सृजना गर्दै जनआस्थाको जगमा जनसकृयता, जनसहभागिता र जनउत्साहलाई गाउपालिकाको स्तम्भको रुपमा स्थापित गर्दै, तानपालाई जनउत्तरदायी, सुविधा सम्मपन्न, विधि र प्रविधिले सुसज्जित, प्रतिस्पर्धि, स्वच्छ र हरित, देशकै नमुना शहर वनाउने अभिप्राय लिईएको छ. यो एपको सफलता तथा यसले अपेक्षा गरेको लक्ष्य तथा नतिजा यसको प्रयोगकर्ताहरु, सर्वसाधरण जनता, सरोकारवालाहरु तथा नगरपालिकाले गर्ने अधिकतम उपयोग र उचित प्रयोगमा निर्भर रहने छ. यो एपमा कानूनले बर्जित गरेको वाहेक सूचनाको हकले निर्दिष्ट गरेसम्मको सम्पूर्ण सूचनाहरु सम्प्रेषण गर्ने उदेश्य राखिएको छ. तमानखोला गाउपालिकाको आफ्नो उदेश्य प्रति कटिवद्ध रहेको छ.
New layout and playstore bug fixed