प्रजातन्त्रको पुनः स्थापना पछि नेपालको संचार क्षेत्रले ठूलो फड्को मार्न सफल भएको छ. अझ 2063 सालको लोकतान्त्रिक आन्दोलन पछि नेपालको मिडिया समावेशी पनि बन्दै गएको छ. सूचनाको हक सवैंधानिक अधिकार हो. गाउँ वस्ती र देहातमा समेत मिडियाको पहुँच बढ्दै गएको छ. गाउँ वस्ती र देहात सम्म सूचना, मनोरञ्जन, गीत संगीत, साहित्य, संस्कृति, धर्म, भाषा, पहिचान र विकासको पहुँच बढाउने उद्देश्यले यस देववाणी एफ.एम. प्रा.लि. ले वि.सं. 2063 सालदेखी भोजपुरिया एफ.एम. 9 2.8 मेगाहर्जको प्रसारण शुरु गरेको छ. नेपालमा तेस्रो बढी बोलिने भाषा भोजपुरी हो. आफ्नै भाषामा सूचना, साहित्य, संस्कृतिको साथै मनोरञ्जन सुन्न पाउँदा सबैलाई खुशी र गर्व लाग्छ. गाउँ देहातका जनताहरु पनि सुसूचित हुन पाउँछन यसकारण हामी भोजभुरी भाषाभाषीको लागि पहिलो र एकमात्र भोजपुरिया एफ.एम. को प्रसारण शुरु गरेका छौं. हाम्रो यो प्रयासलाई सम्पूर्ण स्रोताहरुले साथ दिनुहुनेछ भन्ने विश्वास लिएका छौं. हाम्रो प्रसारण मुख्य रुपमा मध्य तराईका पर्सा, बारा, रौतहटको साथै भारत विहारको पूर्वी चम्पारण, पश्चिमी चम्पारण, शिवहर, गोपालगंज, सिवान र उत्तर प्रदेशको कुशीनगर जिल्लाका भोजपुरीभाषीहरुमा विशेषत समर्पित रहेको छ. साथै हामी नेपाली, मैथिली र हिन्दी भाषीका लागि पनि कार्यक्रमहरु संचालन गरीरहेका छौं