दारेचोक संचार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो मनकामना 102,4 मेगाहर्जले मनोरम तथा प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामनाबाट 2066 साल चैत्र 3 गतेबाट प्रसारण शुभारम्भ भएको हो.
बिशेष गरि गोरखा, धादिङ्, चितवन, तनहुँ र नुवाकोट लगायतका जिल्लाहरुलाई आफ्नो सेवा क्षेत्र बनाएर संचालनमा ल्याईएको रेडियो मनकामना लमजुङ् रसुवा, स्याङ्जा पर्वत लगायत दर्जन भन्दा बढी जिल्लाहरुमा सुनिन्छ. रेडियो मनकामना गाँउ समाज र राष्ट्रप्रति संबेदनशिल छ. साना -साना सवाल देखि राष्ट्रिय स्तरको सवाल देखि राष्ट्र्यि स्तरको सुचना (समाचार) लाई आम जनमानसमा संप्रेशण गर्नु रेडियो मनकामनाको दायित्व हो. रेडियो प्रसारण सुनीने स्थानका जनतालाई उत्कृष्ठ संचार माध्यमको रुपमा परिचित गराउन रेडियो मनकामनाले दक्ष तथा प्रतिभावान संचारकर्मीलाई भिन्न भिन्न क्षेत्रमा पृथक कार्यशैलिका साथ काम गर्ने जिम्मेवारी सुम्पिएको छ. त्यसैले रेडियो मनकामना 102,4 मेगाहर्ज अन्तरमनको साथी संयोजित जनशक्ति र उत्कृष्ट कार्य सम्पादनको संगम स्थल हो. जुझारु ब्यबस्थापन सम्मिलित रेडियो मनकामनाले सरकारी, गैरसरकारी निजि एंव ब्यबसायिक संस्थाका सुचनामुलक तथा ब्यबसायिक बिज्ञापन जानकारी प्रसारण गरि निजी एंव संस्थागत ब्यबसायमा अझ थप बृद्धि गर्न सहयोग गर्नेछ. समयको चक्रसंगै ब्यबसायिक, आर्थिक गतिबिधिमा रेडियो मनकामनाको आत्मिय प्रसारणले तपाईलाई सत-प्रतिशत प्रतिफल दिनेमा हामी बिश्वस्त छौँ.