सञ्चारका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन "गर्ने मूल उद्देश्यका साथमा चितवनका युवा, उर्जाशील तथा कृयाशील पत्रकारहरुको सकृयतामा जिल्ला प्रशासन कार्यालय, चितवनमा विधिवत रुपमा दर्ता भएको विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्था आमसञ्चार प्रतिष्ठान-नेपालले आफ्नो उद्देश्यलाई परिपूर्ति गर्नका लागि पहिलो चरणको कार्यक्रम अन्तर्गत चितवनको सदरमुकाम भरतपुरमा प्रसारण केन्द्र रहने गरी सामुदायिक रेडियो ध्रुवतारा 8 9 0,8 मेगाहर्जलाई सञ्चालनमा ल्याएको हो. यो रेडियो पूर्णतया सञ्चारका क्षेत्रमा दशकौंदेखि कार्यरत सञ्चारकर्मीहरुको लगानीमा स्थापित राजधानी बाहिरको एकमात्रै रेडियो स्टेसन हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुने गर्दछ.