साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णयअनुसार वि.सं 0,2071 साल वैशाख 25 गते गठन भएको नयाँ नगरपालिका हो. सोही ताप्लेजुङ नगरपालिका नै राज्य पुनर्संरचनाका क्रममा साबिकका केही छिमेकी गाविसहरूलाई समेट्दै हाल नाम परिवर्तन भई फुङ्लिङ नगरपालिका बनेको हो. हासम्म यो ताप्लेजुङको एक मात्र नगरपालिका हो. यो नेपालको प्रदेश नं .1 मा रहेको छ .यसको कुल क्षेत्रफल 125,57 वर्ग किलोमिटर रहेको छ. धार्मिक, सांस्कृतिक तथा जातीय विविधता भएको यस नगरपालिकामा विशेष गरी लिम्बू समुदायको बाहुल्य रहेको छ. सडक तथा हवाई यातायातको सञ्जालले छोएको यस नगरपालिकामा सडक सञ्जालको विस्तार द्रुत गतिमा भइरहेको छ. यहाँ विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेका छन्. पाथीभरा मन्दिर यहाँको सबभन्दा महत्त्वपूर्ण दर्शनीय स्थल हो.
- Caching setting added
- Minor bug fixes